काठमाडौं- नेपाल टेलिकमको मोबाइल सेवामा आएको अवरोध समाधान भएको छ । बुधबार बिहान ८ बजेपछि केही समय प्राविधिक समस्याका कारण जिएसएम मोबाइल सेवामा समस्या देखिएको थियो । तर अहिले समस्या समाधान गरि मोबाइल टेलिफोन सेवा नियमित भएको टेलिकमले जनाएको छ ।
कोर नेटवर्कमा आएको प्राविधिक समस्याका कारण सेवा अवरोध हुँदा पर्न गरेको असुविधाप्रति टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले सेवाग्राहीसँग क्षमा याचना समेत गरेका छन् ।
Due to technical problems in core network, GSM voice network has not been working, technical team is working on it and will be functional ASAP. We apologize for the inconvenience caused to our valuable customers. Nepal Telecom,@ndcl_nt
— Dilli Adhikari (@dr4955) June 23, 2021