मेलम्ची बाढी पीडितलाई सुन्दरढोका परिवारको मल्हम-Sutra News

मेलम्ची बाढी पीडितलाई सुन्दरढोका परिवारको मल्हम

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

गत सार १ र ३ गते मेलम्ची खोलामा आएको बाढीबाट प्रभावित भएकाहरूले एक सातासम्म सरकारको मुख देख्न पाएनन् । तर गैरसरकारी संस्था ‘सुन्दरढोका साथीसेवा’ले भने निरन्तर आफ्नो उपस्थिति जनाइरह्यो ।



सूत्रन्यूजका प्रतिनिधि शनिवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ग्राउण्ड जिरो रिपोर्टिङमा पुग्दा त्यहाँ सुन्दरढोकाका कार्यकारी निर्देशक विकास अधिकारी भेटिए ।

‘राहत त पठाइदिएको मात्र भएपनि हुन्थ्यो नि, किन आफैं आएको ?’ भनेर सोधिएको प्रश्नमा अधिकारीले भने, ‘हामीले वितरण गरेको राहत सम्बन्धित पीडितलाई नै पुगोस् भन्ने हाम्रो उद्देश्य हो । अरूमार्फत् पठाउँदा त्यसको ग्यारेन्टी कसले लिन्छ ?’

हेलम्बुमा सुन्दरढोकाले ‘मेल’ र ‘फिमेल’ किट वितरण गरेको थियो । पीडितहरूलाई तत्कालीन आवश्यकताका आधारमा दैनिक प्रयोग हुने स-साना सामानहरूको बक्स नै बनाएर वितरण गरिएको छ ।

संस्थाले दिएको जानकारीअनुसार किट बक्समा मास्क  २० वटा,  स्यानिटाइजर १ वटा, टुथपेष्ट  १ वटा, नुहाउने साबुन १ वटा, लुगाधुने साबुन १ वटा, पिउस १ वटा , टिस्यु पेपर १ बक्स, हाते रुमाल १ वटा, स्याम्फू ५ वटा, जीवनजल ५ प्याकेट, महिलाको हकमा स्यानिटरी प्याड १ प्याकेट र बिस्कुट २ वटा राखिन्छ ।

सुन्दरढोका साथीसेवाले कोभिड-१९ को महामारीलाई ध्यानमा राखेर किट बक्स बनाएको थियो । ‘अहिले बाढीको प्रकोपमा तत्कालीन आवश्यकतालाई मध्यनजर गरेर हामीले सानो सानो चीजलाई समेटेर बक्स बनाएका हौँ,’ कार्यकारी निर्देशक अधिकारीले सूत्रन्यूजसँग भने ।

संस्थाले जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय निकाय मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकासँग समन्वय गरेर राहत बाँडेको छ ।

‘स्वास्थ्य सामाग्री दिनुको मुख्य उद्देश्य भनेको सबै जना अस्थायी क्याम्पमा बस्ने भएकोले कोरोना भाईरस संक्रमण हुने सम्भावना रहने त्यसलाई न्यूनीकरण गर्न र बर्षातको कारणले पानीबाट हुने सरुवारोगबाट बच्नका लागि तत्कालै सामानहरू वितरण गरिएको हो,’ अधिकारीले भने ।

यस्तो किट गोरखा जिल्लामासमेत वितरण गरिसकिएको छ ।

संस्थाले अहिलेसम्म ६ सय किट मेलम्ची न.पा ४ ईन्द्रश्वरी मा.विमा बाँडेको छ भने ८० किट हेलम्बु गाउपालिका १, चिउरी खर्क अस्थायी क्याम्पसम्म पुर्याएको छ ।

त्यस्तै १ १, तिम्बु, सय १० किट हेलम्बु गाउँपालिका ५० किट किउल अस्थायी क्याम्प, १ सय ३५ किट हेलम्बु गणेसा बगर १ सय गोरखा जिल्लाको सल्लेरीमा बाँडिसकेको छ ।

किट मात्र नभएर संस्थाले बालबालिकाका लागि कपडा र खेलौना सेटसमेत पीडितहरूमाझ पुर्याएको छ ।

सुन्दरढोका साथीसेवा संस्था विशेष गरेर अपाङ्गता भएका व्यक्तिको उपचार र सहयोगका लागि खोलिएको थियो । तर कोभिड र अन्य प्राकृतिक प्रकोपमा पनि संस्था निकै सक्रिय भएको छ ।

sundardhoka image2.jpg

sundardhoka image.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट