प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु-Sutra News

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।



प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितका ५ न्यायाधीशले जेठ २६ मा निरन्तर सुनुवाइका लागि मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।

विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट निवेदकले तत्काल संसद पुनर्स्थापना गर्न माग गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

विघटन मुद्दाको सुनुवाइका लागी प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।

संवैधानिक इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका वरिष्ठ हुन् । बुधबारबाट देउवा सहितका १ सय ४६ सांसदहरुको रिटमा सुनुवाई हुनेछ । निरन्तर सुनुवाई सुरु भएपछि कुल ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो ।

रिट, निवेदकतर्फका कानुन व्यावसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यावसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागि दुई घण्टा समय छुट्याइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट