

काठमाडौँ । जल तथा मौसम विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।
अहिले देशभर सामान्य देखी पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र प्रदेश नं १, प्रदेश न २ ,बाग्मती प्रदेश र सुदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्ययम वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
त्यस्तै आज राती देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।