काठमाडौँ । घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् ।
उनलाई कोठा नदिएको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
योभन्दा अगाडी प्रहरीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो ।
सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो।