काठमाडौं– सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेको काम सार्वजनिक गरेका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले १९ दिनमा गरेका कामहरु सार्वजनिक गरेका हुन् ।
यस्तो छ उनले गरेका कामहरू:
१. कोरोना नियन्त्रणमा इमानदार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रक्रिया पूरा भएको र केही दिनमा नै खोप आउने सुपूरा सुनिश्चित भएको । (यदि पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथि नै तल-माथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन।)
२. सबै नेपाली जनताको स्वास्थ्य उपचार नि:शूल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३. सम्पूर्ण सरकारी अस्पतालहरूलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रियाको आरम्भ भएको ।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।