काठमाडौँ । लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको बैठक बस्दै बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।
आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको बारेमा उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो ।
अर्को बैठक असार २७ गते १ बजे बस्ने सचिवालयले जनाएको छ ।