संवैधानिक इजलासमा बहस- राष्ट्रपतिले प्रधानमन्त्रीलाई ‘यु आर नो मोर प्राइममिनिस्टर’ भन्नुपर्थ्यो-Sutra News

संवैधानिक इजलासमा बहस- राष्ट्रपतिले प्रधानमन्त्रीलाई ‘यु आर नो मोर प्राइममिनिस्टर’ भन्नुपर्थ्यो

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

काठमाडौँ । राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्न अवरोध गरेको आरोप लगाएका छन् ।



इजलासमा बहस गर्दै उनले ओलीले संसदमा विश्वासको मत गुमाएपछि उनी एक मिनेट पनि सरकारमा बस्न नहुने उल्लेख गरे ।

ओलीले विश्वासको मत नपाएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिले भन्नुपर्थ्यो, यू आर नो मोर प्राइममिनिस्टर ।’

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? भन्दै प्रश्न गरेका छन् ।

बहसका क्रममा उनले सोधेका छन्, ‘७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ?’

देउवा पक्षका कानून व्यवसायी गोविन्द बन्दीले बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले प्रश्न गरेका हुन् ।

त्यस्तै देउवा पक्षका अधिवक्ता खम्बबहादुर खातीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त हुनुपर्ने माग राखेका छन् । 

उनले प्रधानमन्त्री ओलीले नराम्रो नियतका साथ प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट