काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक आह्वान गरेका छन् ।
बैठक बिहीबार दियालो फुडल्याण्डमा बस्ने एक नेताले जानकारी दिए ।
नेता पौडेल पनि सभापतिका दाबेदार हुन् तर उनी आफ्नो समूहमा छलफल गरेर मात्र औपचारिक घोषणा गर्ने रणनीतिमा छन् ।
यता सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सभापतिको रुपमा आफुलाई उभ्याउने घोषणा गरिसकेका छन् ।
उनले हालसम्म सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन् ।