आइतबारदेखि आन्तरिक हवाइ उडान सुचारु: पुरै सिटमा यात्रु राख्न पाइने-Sutra News

आइतबारदेखि आन्तरिक हवाइ उडान सुचारु: पुरै सिटमा यात्रु राख्न पाइने

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको हवाइ उडान आगामी आइतबारदेखि सुचारु हुने भएको छ ।



सरकारले दिएको अनुमतिसँगै आइतबारदेखि आन्तरिक उडान सुरु गर्नेगरी तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

हवाइ उडानमा ५० प्रतिशत यात्रु राखेर उडान गर्न असम्भव हुने भएकोले पुरै सिटमा यात्रु राखी उडान गर्न दिने बताइएको छ ।

त्यस्तै सातामा दोहासँग ४ वटा, इस्तानबुलसँग दुईवटा, दुबईसँग चार वटा, साउदी अरबको दमामसँग दुई वटा, ओमनको मस्कटमा एउटा, मलेसियाको क्वालालाम्पुरमा चार वटा, कुवेतको कुवेत सिटीसँग दुई वटा, दक्षिण कोरियाको सिओल र जापानको टोकियोसँग एक एक वटा तथा चीनको छेन्दु र ग्वान्जावमा चारवटा नियमित उडान हुने नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

वैशाख १८ देखि आन्तरिक र वैशाख २३ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट