मोरङमा चट्याङ लागेर एकको मृत्यु ४ घाइते-Sutra News

मोरङमा चट्याङ लागेर एकको मृत्यु ४ घाइते

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

मोरङको रङ्गेलीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा रङ्गेली नगरपालिका ६ चोप्राहा नेवा टोलका २३ वर्षीय नितेश राय रहेका छन् । चट्याङबाट गम्भीर घाइते भएका रायको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चट्याङबाट चार जना घाइते भएका छन । घाइते हुनेमा २६ वर्षीय रविन मण्डल, ५५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल र २५ वर्षीया सङ्गीता यादव रहेका बताइएको छ ।

घाइतेहरूकाे रङ्गेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट