काठमाडौं- नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले ‘नेकपा एकीकृत’ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । ७ वैशाख दिएको निवेदनलाई आवश्यक जाँचबुझ गरी आयोगले बुधबार अध्यक्ष जीवन राईलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । राईकाअनुसार पार्टीले चुनावमा चिन्ह दाबी गरे अनुसार कमल पाएको छ ।
उक्त चिन्हमा नेपाल पक्षले राष्ट्रियसभामा खिललाल देवकोटालाई उठाएर जिताएको थियो । पार्टीको केन्द्रीय सदस्यको संख्या २५ सदस्यीय रहेका छ भने उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् । पार्टीको विधानमा ३३ प्रतिशत महिला, १० प्रतिशत युवाको सहभागीता सुनिश्चित गरिएको छ ।