जातीय विभेदबारे कांग्रेस प्रवक्ता भन्छन्- मन्त्रीको साइरन बजाउँदै एउटा पक्षमा उभिन मिल्छ ?-Sutra News

जातीय विभेदबारे कांग्रेस प्रवक्ता भन्छन्- मन्त्रीको साइरन बजाउँदै एउटा पक्षमा उभिन मिल्छ ?

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई पक्षबीच झगडा हुँदा मन्त्रीले नै कुनै एउटाको पक्षमा उभिन मिल्छ भन्ने प्रश्न गरेका छन् ।



सामाजिक सञ्‍जाल ट्‍वीटरमा प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ ?’ भनेर प्रश्‍न गरेका छन् ।

उनले ‘हिजो गितार बजाउँदै समानताको गीत गाउँदै, आज गाडी गुडाउँदै, मन्त्रीको साइरन बजाउँदै राज्य एउटा पक्षमा उभिन मिल्छ ?’ भनेर थप प्रश्न गरेका छन् । शर्माले जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीलेनै पक्षधरताको खुला सन्देश दिने ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार मन्त्री कृष्णगोपल श्रेष्ठले सञ्चारकर्मी रुपा सुनारलाई तल्लो जात भन्दै कोठा भाडामा नदिने बबरमहलकी एक घरबेटीलाई प्रहरी थानाबाट छुटाएका थिए ।

जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ @PM_Nepal ? हिजो गिटार बजाउंदै समानताको गीत गाउँदै, आज गाडी गुडाउंदै, मन्त्रीको साइरन बजाउंदै राज्य एउटा पक्षमा उभिन मिल्छ ?

जातीय विभेदको कहालीलाग्दो ब्यथा अन्त्य गर्न
साझा पहल गर्ने कि मन्त्रीलेनै पक्षधरताको खुला सन्देश दिने ?

— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 23, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट