ब्राजिलमा कोरोनाबाट मृत्यु घटेन, एकै दिन २ हजार भन्दा बढीको मृत्यु-Sutra News

ब्राजिलमा कोरोनाबाट मृत्यु घटेन, एकै दिन २ हजार भन्दा बढीको मृत्यु

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

ब्राजिल- ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या घटेकाे छैन । गत २४ घण्टामा  संक्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस संक्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो । ब्राजिलमा संक्रमण सुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख ४ हजार ७१७ जनाको ज्यान गएको बताइएको छ । 



सन् २०२० फेब्रुरुअरी २६ बाट  सुरु भएको  संक्रमणबाट नागरिकहरुको निरन्तर रुपमा मृत्यु भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यसैगरी मंगलबारसम्म १ करोड ८० लाख ५४ हजारभन्दा बढी नागरिक संक्रमित भएका पनि बताइएको छ । त्यस्तै मंगलबार २४ घण्टाअघि देखिका गरी ब्राजिलमा ८७ हजार भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको पनि जानकारी दिइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही हप्ता अघि घटेको देखिएको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन । ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । ८ करोड भन्दा बढी मानिसले भाइरसविरुद्धको खोप लगाइसकेका छन् । पछिल्लो समयमा धेरै नागरिकमा खोप लगाइएको छ तर पनि संक्रमण भने घट्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट