फेसबुकमा स्टाटस लेखेर निवर्तमान मन्त्री पहाडीले छोडे निवास-Sutra News

फेसबुकमा स्टाटस लेखेर निवर्तमान मन्त्री पहाडीले छोडे निवास

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

काठमाडौं । पदमुक्त भएको भोलिपल्टै निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश पहाडीले मन्त्री निवास छोडेका छन् ।
१३ दिन मात्रै मन्त्री भएका पहाडीले बुधबार मन्त्री निवास छोडेका हुन् ।



पहाडीले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै मन्त्रालयका १३ दिनमा आफूले १३ वटा काम गरेको समेत उनले जानकारी गराएका छन् ।

स्थानीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि (नमूना) मस्यौदा निर्माण स्वीकृत, स्थानीय विपद जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजना तर्जुमा दिग्दर्शन, २०७८ निर्माणःस्वीकृत लगायतका काम गरेको उनले उल्लेख गरेका छन् ।

उनले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन इमान्दार प्रयत्न गर्ने समेत उल्लेख गरेका छन् । ‘तपाईं हामी सबैलाई थाहा छ, म आवद्ध पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आन्तरिक जीवन यतिबेला निकै नै संकटग्रस्त छ,’ पहाडीले समाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो क्षमताले भ्याएसम्म पार्टीभित्रको आन्तरिक एकतालाई मजबूत बनाउन हरसम्भव इमान्दार प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट