पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने-Sutra News

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

काठमाडौं- पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ ।



यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान सुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए ।

यस वर्ष पनि शनिबार र बुधबार गरी ६०० बिरुवा पशुपति क्षेत्र किवास कोषको कार्यालय परिसरलगायत स्थानमा रोपिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट