काठमाडौँ । सर्वोच्च अदालतले मन्त्री पद खारेज गरिदिएपछि जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरू छलफल गर्न तयारीमा जुटेका छन् ।
आज दिउँसो १ बजे बबरमहलमा उनीहरुको बैठक बस्ने एक नेताले जानकारी दिए ।
ठाकुर र महतो पक्षले आज दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न लागेको बताइएको छ ।
जसपाबाट महतो उपप्रधान तथा सहरी विकास मन्त्रीसहित दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए । उनीहरु मन्त्री बनेको १९ दिनमा नै पदमुक्त भएका थिए ।