यातायात व्यवस्था विभागले मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ ।
एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने विभागले जनाएको छ ।
नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्ने विभागले जनाएको छ ।
यस्तै नयाँ व्यवस्था अनुसार ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ ।