विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज बिहीबार विभिन्न मिडियाका सम्पादकहरुसँग छलफल गर्ने भएका छन् ।
उनीहरुले विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया कार्यक्रम गर्न लागेको नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सूत्रन्युजलाई जानकारी दिए ।
हिजो बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पाँच दलको बैठक बसेको थियो । सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध अब कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल भएको नेता खाँणले बताए ।