प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाई जारी रहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितका ५ न्यायाधीशले जेठ २६ मा निरन्तर सुनुवाइका लागि मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।
विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट निवेदकले तत्काल संसद पुनर्स्थापना गर्न माग गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।
विघटन मुद्दाको सुनुवाइका लागी प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।