संवैधानिक इजलासमा प्रश्न- राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोजिएको हो ?-Sutra News

संवैधानिक इजलासमा प्रश्न- राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोजिएको हो ?

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी बहसमा वारिष्ठ अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपतिले सरकारका गलत निर्णयलाई साथ दिएको आरोप लगाएका छन् ।



बहसका क्रममा उनले भने, ‘राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोजिएको हो ?’

उनले १४९ जना प्रतिनिधिसभा सदस्यले राष्ट्रपतिकहाँ उपस्थित भएर सरकार गठन गर्न लिखित आग्रह गरेको भन्दै उनले देउवा प्रधानमन्त्री बन्न योग्य रहेको तर्कसमेत गरेका छन् ।

त्यस्तै उनले राष्ट्रपतिले गरेको निर्णयलाई अदालतले रोक्ने पर्ने उल्लेख गरे।

संसद विघटनबिरुद्ध ३० वटा रिट परेका छन् । रिट निवेदकले तत्काल संसद पुनर्स्थापना गर्न माग गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

विघटन मुद्दाको सुनुवाइका लागी प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट