पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपक्षी गठबन्धन सत्ताका लागि प्रणाली नै परिवर्तन गर्न लागेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मा ट्वीट गर्दै नेता बाँस्कोटाले यस्तो वताएका हुन् ।
उनले विपक्षी दल किन सडकमा आउनुपरेको भन्दै प्रश्नसमेत गरेका छन् । ‘हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा हो ?’ उनले प्रश्न गरेका छन् ।
संबिधानको धारा७६को २ र ५ को संबन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको संबन्धै रहेन।त्यसो हो भने विपक्षी गठबंन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो। उनले लेखेका छन् ।
विपक्षी सडकमा तर किन?हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा हो? संबिधानको धारा७६को २ र ५ को संबन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको संबन्धै रहेन।त्यसो हो भने विपक्षी गठबंन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो।
— Gokul Prasad Baskota (@GokulPBaskota) June 24, 2021