काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी बहसमा नेपाल बार एसाेसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले षड्यन्त्रपूर्वक संसद विघटन गरेको आरोप लगाएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पद जोगाउन बिहानसम्म पनि पर्खिन नसकेर रातारात संसद विघटन गरेको उनको आरोप छ ।
‘संसद् रातारात विघटन गरियाे । जसरी हुन्छ केपी ओली जाेगिनुपर्नेमा राष्ट्रपतिकाे जाेड देखियाे।’ बहसका क्रममा उनले भने ।
प्रधानमन्त्रीले निर्णय गर्नेबित्तिकै राष्ट्रपतिले त्यसलाई तत्काल अनुमोदन गरेको भन्दै उनले भने, ‘उहाँले के माेहनी लाउनुभयाे ? राजाले चार पाँच दिन लगाउँथे ।’