प्रभु साह प्रमुख अतिथि रहेको कार्यक्रममा झडप, २ प्रहरीसहित ४ घाइते-Sutra News

प्रभु साह प्रमुख अतिथि रहेको कार्यक्रममा झडप, २ प्रहरीसहित ४ घाइते

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । विपक्षी र प्रहरीको झडप हुँदा २ प्रहरीसहित ४ जना घाइते भएका छन् ।



नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए ।

आज बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले अवरोध गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

अवरोधलाई हटाउनका लागि प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट