पत्रकारहरुसँगको छलफलमा माधव नेपालले प्रधानमन्त्रीलाई के भने ?-Sutra News

पत्रकारहरुसँगको छलफलमा माधव नेपालले प्रधानमन्त्रीलाई के भने ?

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको समय कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि खर्च गर्नुपर्ने बताएका छन् ।



बिहीबार विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकहरुसँगको छलफल कार्यक्रममा नेता माधव नेपालले यस्तो बताएका हुन् ।

 त्यस्तै उनले देश जोगाउने जिम्मेवारी अब राजनीतिक दल र मिडियाकर्मीको हातमा आएको बताएका छन् ।

उनले केपी ओली सच्चिएर आए आफुहरुले स्वीकार गर्ने कुरा पनि उल्लेख गरेका छन् । 

त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनले लाेकतन्त्र नै संकटमा परेकाे उल्लेख गरे ।  

उनले बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट