काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन् ।
उनले संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरेकी हुन् ।
लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् भने सदस्यहरुमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकुमारी नियुक्त भएका छन् ।