राष्ट्रपतिको भन्दा बढी शान र इज्जत राजाकै थियो : प्रचण्ड-Sutra News

राष्ट्रपतिको भन्दा बढी शान र इज्जत राजाकै थियो : प्रचण्ड

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको भन्दा राजाकै बढी शान र इज्जत रहेको टिप्पणी गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संसद हलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिको कुनै शान र इज्जत नरहेको टिप्पणी गरेका हुन् ।



‘राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ,’ प्रचण्डले भने, ‘तर यो भन्दा त राजा हुँदा नै बढी शान थियो । अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन ।’

उनले प्रधानमन्त्रीले जे भन्यो, राष्ट्रपतिले खुरुखुरु त्यही गरिरहेको भन्दै आक्रोशसमेत पोखे । बिहीबार विपक्षी गठबन्धनका नेताहरूले पत्रकारसँग अन्तरक्रिया गरेका थिए ।

प्रचण्डलगायत कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तरक्रियामा उपस्थित थिए ।   

ओली भिलेन हो, धन्यवाद: प्रचण्ड ओली भिलेन हो, धन्यवाद: प्रचण्ड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट