एउटै मन्त्रीले पाए ५ मन्त्रालयको जिम्मा : रक्षा र परराष्ट्र ओली आफैंसँग, विष्णु पौडेल अब गृहमन्त्री पनि  -Sutra News

एउटै मन्त्रीले पाए ५ मन्त्रालयको जिम्मा : रक्षा र परराष्ट्र ओली आफैंसँग, विष्णु पौडेल अब गृहमन्त्री पनि  

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै एउटै मन्त्रीलाई ५ वटा मन्त्रालयको जिम्मा लगाइदिएका छन् ।



बिहीवार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

रक्षा र परराष्ट्र मन्त्रालय भने ओली आफैंले राखेका छन् ।rashtrapati.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट