![हेलम्बु गाउँपालिकाका अध्यक्ष भन्छन्- काठमाडौंले हामीलाई हेप्यो, पानीको मुहान त यही हो नि ! [भिडियोसहित]](https://www.sutranews.com/wp-content/uploads/2021/06/1624536419-ixT2c.jpg)
![हेलम्बु गाउँपालिकाका अध्यक्ष भन्छन्- काठमाडौंले हामीलाई हेप्यो, पानीको मुहान त यही हो नि ! [भिडियोसहित]](https://www.sutranews.com/wp-content/uploads/2021/06/1624536419-ixT2c.jpg)
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँ महानगरले हेलम्बुलाई राहतका लागि दिएको रकममा असन्तुष्टि जनाएका छन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शेर्पाले महानगरले छुट्याएको बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।
सोमबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगेर ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
महानगरले भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणाअनुसार सोमबार चेक हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकनसमेत गरेको थियो।
उनले हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरले प्राथमिकतामा नराखेको आरोपसमेत लगाएका छन् । ‘अहिले क्षतिको हिसाब गर्ने हो भने कम्तिमा पनि ८० प्रतिशत क्षति हेलम्बु गाउँपालिकामा भएको छ,’ उनले भने, ‘हेलम्बुलाई अलिअलि तानतुन पारिदिए पनि हुन्छ भन्ने तरिकाले काठमाडौँले हिसाब गरेको देखियो ।’
उनले काठमाडौँ महानगरलाई पानी खुवाउने हेलम्बु गाउँपालिका भएको भन्दै काठमाडौँसँग आफुहरुको ‘इस्यु’ भएको बताए ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।
बाढीले सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र हेलम्बु गाउँपालिका हो।
पूरा भिडियो –