सम्पादकहरूसँग उपेन्द्र यादवले भने– ओलीले लोकतन्त्रलाई हटाएर निरंकुश शासन चलाउन चाहेका छन्-Sutra News

सम्पादकहरूसँग उपेन्द्र यादवले भने– ओलीले लोकतन्त्रलाई हटाएर निरंकुश शासन चलाउन चाहेका छन्

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई हटाएर निरंकुश शासन चलाउन चाहेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको छलफल कार्यक्रममा यादवले यस्तो बताएका हुन् ।



त्यस्तै उनले ओलीले अध्यादेशमार्फत शासन चलाएर संवैधानिक अंगहरुलाई तहसनहस पार्न लागेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको समय कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि खर्च गर्नुपर्ने बताएका छन् ।

त्यस्तै उनले देश जोगाउने जिम्मेवारी अब राजनीतिक दल र मिडियाकर्मीको हातमा आएको बताएका छन् ।

उनले केपी ओली सच्चिएर आए आफूहरूले स्वीकार गर्ने कुरा पनि उल्लेख गरेका छन् । 

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनले लाेकतन्त्र नै संकटमा परेकाे उल्लेख गरे ।  

उनले बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट