बाढीपीडितलाई कलाकारको सहयोग- ‘राता मकै’को अढाई लाख, बाँकी कसको कति ? [भिडियोसहित]-Sutra News

बाढीपीडितलाई कलाकारको सहयोग- ‘राता मकै’को अढाई लाख, बाँकी कसको कति ? [भिडियोसहित]

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रभावित भएका मानिसहरुलाई नेपाली कलाकारहरुले सहयोग गर्ने भएका छन् ।



बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै उनीहरुले सहयोग गर्ने बताएका हुन् ।

अभिनेता भुवन केसीले आफूले पहिल्यैदेखि सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि दुख परेकाहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरे । उनले १ लाख १ हजार सहयोग गर्ने बताएका छन् ।

त्यस्तै अर्की कलाकार दीपाश्री निरौलाले पनि बाढीपीडितका लागि सक्दो सहयोग गर्ने बताइन्। उनले पीडितका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत प्रकट गरिन् । उनले आफ्नो तर्फबाट १ लाख १ हजार सहयोग गर्ने बताइन् ।

त्यस्तै अर्का कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पनि मारमा परेका सबैलाई आफुले सक्दो सहयोग गर्न पर्ने बताए । उनले ५१ हजार रुपैयाँ सहयोग गर्ने बताए ।

कार्यक्रमका अर्का कलाकार किरण केसीले २ लाख ५३ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

हेर्नुहोस् भिडियो-

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट