फिलिपिन्समा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु-Sutra News

फिलिपिन्समा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

काठमाडौं- मनिला फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस-७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ ।



वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताएको छ ।
सेनाले हेलिकप्टर सम्पर्क विहीन भएसँगै खोजी र उद्धार सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट