प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धननिकट विद्यार्थी सङ्गठनको प्रदर्शन-Sutra News

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धननिकट विद्यार्थी सङ्गठनको प्रदर्शन

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

काठमाडौं- विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरका छन् ।



नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौँ) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कोभिड-१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताइन् ।
गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट