काठमाडौ- काठमाडौमा जातीय विभेदविरुद्ध प्रदर्शन भएको छ ।
सञ्चारकर्मी रूपा सुनारको सन्दर्भले धेरै प्रश्नहरू जन्माएको भन्दै क्रियाशील दलीत पत्रकार, नेपाललगायतका संस्थाहरूको अगुवाइमा प्रदर्शन भएको हो ।
प्रदर्शनमा विभेद गर्ने व्यक्तिलाई संरक्षण गर्न गरेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको बर्खास्तीको समेत माग गरिएको छ । ‘
जातीय विभेदका मतियार मन्त्रीरव्यवस्था मुर्दावाद’, ‘जुन तिथीमा जात छ मान्छे त्यहाँ दास छ’, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’लगायत लेखिएका पर्चा पम्पलेट बोकेर प्रदर्शनकारीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।