अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्कियो-Sutra News

अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्कियो

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक आवासीय भवन भत्किएको छ । १२ तले उक्त भवन भत्किदा कम्तीमा ९९ जनाको अवस्था अज्ञात रहेको अधिकारीहरूले जनाएका छन् ।



दुर्घटनाका बेला भवनमा कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । उक्त भवनमा १०२ जना मानिसहरु बसोबासरत रहेको बताइएको छ । यो भवन सन १९८० मा निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट