काठमाडौं- मनसुनी वायुको प्रभाव देशैभर रहेकाले शुक्रबार अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । महाशाखाकाअनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानमा राति पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाको कारण नदीको बहाव बढेर बाढी आउने सम्भावना देखाउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।
हाल प्रदेश ५, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको तथा थप वर्षा हुने हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।@NDRRMA pic.twitter.com/IAXZUnQXwc
— Nepal Weather Forecast (@DHM_Weather) June 25, 2021
असार ११,
आज कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाई राखौ। pic.twitter.com/NYyCiVAIlX— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 25, 2021