दलित मुक्ति मोर्चाद्वारा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग [विज्ञप्तिसहित]-Sutra News

दलित मुक्ति मोर्चाद्वारा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग [विज्ञप्तिसहित]

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

काठमाडौँ ।  नेपाल दलित मुक्ति मोर्चाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेका छन् । 



मोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनलाई बर्खास्त गर्न माग गरेको हो  । 

रुपा सुनारलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मोर्चाले गम्भीर आपत्ति जनाएको बताएको छ ।

‘राज्यको जिम्मेवार मन्त्रीबाट नै संविधान र कानुनको धज्जी उडाउँदै छुवाछूत विभेदको संरक्षण गरेको कार्यले सिङ्गो दलित समुदायलाई अपमान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, निज मन्त्रीलाई कारवाही स्वरुप पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं ।’

यस्तो छ विज्ञप्ति:

ranijamaa.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट