प्रतिनिधिसभा विघटन- संवैधानिक इजलासमा सुनुवाइ सुरु-Sutra News

प्रतिनिधिसभा विघटन- संवैधानिक इजलासमा सुनुवाइ सुरु

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।



इजलासमा रिट निवेदकका वकिलको बहस आज सकिने भएको छ ।

उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको  संवैधानिक इजलासमा बुधवारदेखि बहस सुरू भएको थियो।

देउवा पक्षका वकिललाई अदालतले दिएको १२ घण्टा समयमध्ये अब साढे ४ घण्टा बाँकी छ । 

आज सुरुवातमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस थालेका छन् । उनलाई २० मिनेटको समय दिइएको छ ।

आज अधिवक्ताहरू सुनिल पोखरेल, दिनमणि पोखरेल, भिमार्जुन आचार्य, ओमप्रकाश अर्यालसहित २३ जनाले बहस गर्नेछन् ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट