राष्ट्रपतिलाई बहुमतको परिक्षण गर्ने अधिकार छैन- अधिवक्ता अर्याल-Sutra News

राष्ट्रपतिलाई बहुमतको परिक्षण गर्ने अधिकार छैन- अधिवक्ता अर्याल

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि शुक्रबार जारी बहसमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपतिको काम वदनियतपूर्ण देखिएको आरोप लगाएका छन् ।



उनले संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा राष्ट्रपतिले वदनियतपूर्ण तरिकाले काम गरेको आरोप लगाएका हुन् ।  

उनले राष्ट्रपतिले बहुमतको विश्वसनीयता परिक्षण गर्ने अधिकार नभएको पनि उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको पालना नगरेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले शपथमा विश्वासको मत लिन्छु भन्नुभयो, तर पालना गर्नुभएन’ उनले भने ।

इजलासमा रिट निवेदकका वकिलको बहस आज सकिने भएको छ ।

उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको  संवैधानिक इजलासमा बुधवारदेखि बहस सुरू भएको थियो।

देउवा पक्षका वकिललाई अदालतले दिएको १२ घण्टा समयमध्ये अब साढे ४ घण्टा बाँकी छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट