सवारी लाइसेन्समा नयाँ नियम- अब ७० अंक ल्याए पनि लाइसेन्स पाइने-Sutra News

सवारी लाइसेन्समा नयाँ नियम- अब ७० अंक ल्याए पनि लाइसेन्स पाइने

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि नयाँ नियम ल्याएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि नयाँ नियम आगामी साउन १ गतेबाट लागु हुने बताएको छ ।



सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।

नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गगर्न सुरु गरेको छ ।

लिखित परिक्षामा जम्मा २० ओटा प्रश्न सोधिनेछ । त्यसको लागि परीक्षार्थीहरुले जम्मा ३० मिनेटको समय पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट