प्रधानन्यायाधीशको प्रश्न- प्रधानमन्त्रीले विश्वासको मत लिन्न भन्ने ‘प्रोपर’ ठाउँ कहाँ हो ?-Sutra News

प्रधानन्यायाधीशको प्रश्न- प्रधानमन्त्रीले विश्वासको मत लिन्न भन्ने ‘प्रोपर’ ठाउँ कहाँ हो ?

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर भन्ने ठाउँ कहाँ हो भन्दै कानुन व्यवसायीलाई प्रश्न गरेका छन् ।



देउवाको पक्षमा बहस गर्न लागेका  अधिवक्ता डा. दिनमणी पोखरेललाई उनले यस्तो प्रश्न गरेका हुन् ।

‘ प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन वा लिन्नँ भनेर भन्ने  प्रोपर ठाउँचाहिँ कहाँ हो ?’ उनले सोधेका थिए ।

जवाफमा पोखरेलले धारा ७६ (५) अनुसार काँग्रेस सभापति देउवाले बहुमत सदस्य लिएर आएकोले राष्ट्रपतिले अवस्था हेर्ने काम राष्ट्रपतिको नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट