डोटीमा भिरबाट लडेर युवकको मृत्यु-Sutra News

डोटीमा भिरबाट लडेर युवकको मृत्यु

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

जोरायल गाउँपालिका–१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।



मृत्यु हुनेमा बडिकेदार गाउँपालिका–१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आएका विक आज बिहान स्थानीय गोगनपानी बजारबाट खाद्यान्न किनेर दिदीको घर फर्किने बेला चिप्लिएर घण्टेश्वर सामुदायिक वनको ‘खाली’ भन्ने भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी गैराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट