प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सकियो आजको बहस, रिट निवेदकलाई अब कति छ समय ?-Sutra News

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सकियो आजको बहस, रिट निवेदकलाई अब कति छ समय ?

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथिको आजको बहस सकिएको छ ।



आज शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा जम्मा ६ जनाले बहस गरेका थिए ।

रिट निवेदक पक्षलाई छुट्याइएको समयमध्ये अब २ घण्टा ३५ मिनेट बाँकी छ । 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर भन्ने ठाउँ कहाँ हो भन्दै कानुन व्यवसायीलाई प्रश्न गरेका थिए ।

देउवाको पक्षमा बहस गर्न लागेका  अधिवक्ता डा. दिनमणी पोखरेललाई उनले यस्तो प्रश्न गरेका हुन् ।

शेरबहादुर देउवाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपतिको काम वदनियतपूर्ण देखिएको आरोप लगाएका छन् ।

उनले संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा राष्ट्रपतिले वदनियतपूर्ण तरिकाले काम गरेको आरोप लगाएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट