आगलागीमा परेर १८ बालबालिकाहरुको मृत्यु-Sutra News

आगलागीमा परेर १८ बालबालिकाहरुको मृत्यु

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

चीनको एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १८ बालबालिकाहरुको मृत्यु भएको छ ।



मृत्यु हुनेमा अधिकांश सातदेखि १६ वर्षका बालबालिकाहरू रहेको बताइएको छ ।

मृत्यु हुनेहरुमा खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शुक्रवार बिहानै आगलागी भएको र हाल नियन्त्रणमा लिइसकिएको स्थानीय निकायहरूले जनाएका छन्।

घटनाको कारण के हो भन्ने कुरा भने स्पष्ट नभएको बीबीसीमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट