व्यक्तिगत लाभका लागि कुनै पनि प्रहरी म कहाँ नआओस्- गृहमन्त्री पौडेल-Sutra News

व्यक्तिगत लाभका लागि कुनै पनि प्रहरी म कहाँ नआओस्- गृहमन्त्री पौडेल

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

गृहमन्त्री विष्णु प्रसाद पौडेलले प्रहरी प्रशासनलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्ने बताएका छन् ।



शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै नेता पौडेलले यस्तो बताएका हुन्।

उनले राजनीतिक हस्तक्षेप सुरक्षा निकायमा पर्न नहुने बताएका छन् ।

उनले कुनै पनि प्रहरी आफ्नो व्यक्तिगत लाभका लागि आफु कहाँ नआउनका लागि आग्रह गरेका छन् । पदभार सम्हाल्दै उनले भने, ‘प्रमोसनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस्।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट