शहिद परिवारलाई जीवन निर्वाह भत्ता दिइने, कति पाउलान ?-Sutra News

शहिद परिवारलाई जीवन निर्वाह भत्ता दिइने, कति पाउलान ?

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

सोलुखुम्बु- जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले शहिद परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।



छैटौँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट पारित गर्दै शहिद तथा बेपत्ता परिवारलाई प्राथमीकतामा राखेको गाउँपालिका अध्यक्ष असिम राइले बताए ।

संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई मासिक रु.२ हजार निर्वाह भत्ता उपलब्ध गराउने गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आगामी वर्षको लागि रु.४६ करोड ६२ लाख १६ हजार बढीको बजेट ल्याएको गाउँपालिकाले भूमिहिन सुकुम्बासी परिवारलाई जग्गा समेत उपलब्ध गराउने भएको छ ।

घर निर्माणका लागि घडेरी खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राइले बताए ।

यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि एकमुष्ट वार्षिक रु.५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको उनको भनाइ छ ।

माझी समुदाय सोलुखुम्बुको थुलुङदुधकोशीको जुबु र मुक्लीमा बसोबास गर्दै आएका छन् । यस्तै गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट