नायिका सन्ध्याले गरिन् इन्गेजमेन्ट- फेसबूकमा लेखिन्, हामी एक्लै हिँड्ने छैनौं-Sutra News

नायिका सन्ध्याले गरिन् इन्गेजमेन्ट- फेसबूकमा लेखिन्, हामी एक्लै हिँड्ने छैनौं

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

नायिका सन्ध्या केसीले आभूषण ज्योति कन्साकरसँग इन्गेजमेन्ट गरेकी छन् ।



सामाजिक सञ्जाल फेसबूकमा फोटो सार्वजनिक गर्दै उनले इन्गेजमेन्ट भएको बताएकी हुन्।

204567163_4694646057219207_6488793074431586278_n.jpg

उनले आफूलाई प्रेम, आदर र कहिल्यै अन्त नहुने मित्रताका लागि साथ भन्दै आभूषण ज्योति कन्साकरसँग इन्गेजमेन्ट गर्न पाउँदा खुशी भएको बताएकी छन् ।

‘आजको दिनदेखि हामी एक्लै हिंड्ने छैनौं। हाम्रो हृदय हाम्रो आश्रय हुनेछ र हाम्रो हतियार हाम्रो घर हुनेछ ।’ उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट