जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने तयारी-Sutra News

जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने तयारी

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

टोकियो- जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने तयारी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका हुन् ।



उनले कोरोना भाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन पर्न सक्ने शुक्रबार बताए ।

जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिकाभित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ संक्रमित भेटिएका छन् ।

टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट