पूर्ववनमन्त्री आलेले सहयोग गरे ५० हजार-Sutra News

पूर्ववनमन्त्री आलेले सहयोग गरे ५० हजार

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

काठमाडौं- निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन् ।



कोराना संक्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहेका जोशीको थप उपचारका लागि उनले सो रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

आले आज अस्पतालमा पुगेर जोशीका छोरी हिमान्सुलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । कोरोना संक्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढीबाट हो । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट