काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ३०८, ललितपुरमा ७६ र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज ५ हजार ४५५ जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने २७ जनाको संक्रमणका कारणले निधन भएको छ ।